Hamro Patra
समूह विजेता बन्न नेपाल र बंगलादेश आज खेल्दै

काठमाडौं, भदौ ६ 
साफ यू-२०  च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

समूह ‘ए’बाट यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका यी दुई टोली बीचको खेलले समूह ‘ए’ को विजेता टुङ्गो लाग्नेछ ।

Khadga Memorial And Janajagriti

पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । त्यसपछि अर्को खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले हराएपछि नेपाल र बंगलादेश एक खेल अघि नै सेमिफाइनल पुगेका हुन् । श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ ।

बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ए को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्नेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update