Hamro Patra
बाढीका कारण शय बढी घर डुबानमा

टीकापुर, भदौ ५
गए रातिदेखि परेको लगातारको वर्षाले कैलालीमा एक शय बढी घर डुबानमा परेका छन् ।  जिल्लाका कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एक शय बढी घर डुबानमा परेका हुन् ।

जिल्लाको कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेका छन् । पालिकाको विपद् फोकल पर्सन भुवन बखरियाका अनुसार वडा नं. ५ र ७ स्थित पुरानो मनकापुरका ३६, जनकपुर र बसन्ताको २५ र भगहाको ११ घर डुबानमा परेका छन् ।

Khadga Memorial And Janajagriti

त्यस्तै गौरीगंगा नगरपालिकाका वडा नं. ७, ९ स्थित महादेवा, भगवानपुर, शंकरपुर गाउँका गरी २२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रको पनि दर्जनौँ घर डुबानमा परेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update