Hamro Patra
मञ्जु पौडेलसँगै छमछमी नाँच्ने हो ?

टीकापुर, भदौ ५
सिद्धार्थ ग्रुपले चर्चित गायिका मञ्जु पौडेलको साथमा तीज यात्रा सुरु गरेको छ । सिद्धार्थ तीज यात्रा नाम दिईएको यात्रा विभिन्न चार ठाउँमा कार्यक्रम गरेर सम्पन्न हुनेछ । 

यात्राको सुरुवात बुटवलबाट भएको छ भने भैरहवा, टीकापुर हुँदै नेपालगञ्ज पुगेर समापन हुने बताईएको छ । यात्राको पहिलो दिन भदौ ४ गते सिद्धार्थ कटेज बुटवलमा कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै यात्राको दोस्रो दिन भदौ ५ गते अर्थात आज सिद्धार्थ भिलासा भैरहवामा कार्यक्रम तय भएको छ । 

Khadga Memorial And Janajagriti

भोलि अर्थात भदौ ६ गते टीकापुरस्थित सिद्धार्थ होटलमा कार्यक्रम आयोजना हुने प्रबन्धक छत्र बोगटीले जानकारी दिएका छन । उनले कार्यक्रममा चर्चित गायिका पौडेलको प्रस्तुती रहनेछ बताए । उनले गायिका पौडेलसँगै तीज गीतमा छमछमी नाँच्नका सबैलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेका छन । 

भदौ ८ गते सिद्धार्थ कटेज नेपालगञ्जमा पुगेर यात्रा सम्पन्न हुने बताईएको छ । सिद्धार्थ ग्रुपले महिलाहरुको महान चाड तीजलाई जगेर्ना गर्ने उद्देश्यले यात्राको थालनी गरेको जानकारी दिएको छ । ग्रुपले यो अवसरलाई नगुमाउन सबैमा आग्रह समेत गरेको छ । 

तस्विर साभार ः ग्लामर नेपाल डटकम

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update