Hamro Patra
बालिकामाथि दुव्र्यवहार गर्ने ५८ वर्षका पुरुष पक्राउ
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ ४
धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । १२ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नं. १० जुगेडा बस्ने ५८ वर्ष सुखदेव रानालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले रानाले आइतबार बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुव्र्यवहार गरेको बताए । उक्त व्यहोराको उजुरीपछि रानालाई पक्राउ गरिएको कार्कीले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update