Hamro Patra
पानीमा डुबेर एक बालिकाको मृत्यु
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ ४
घर नजिकै रहेको खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर कैलालीको मध्यवर्ती घोडाघोडीकी एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नं. १० आमखोइया बस्ने ८ वर्षीया कल्पना रोकायको पानीमा डुबेर मृत्यु भएको हो । 

घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएकी थिइन् । खोजतलास गर्दा सोमवार साँझ नै सोही खोलामा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update