Hamro Patra
फोटोग्राफी दिवसमा बालगृहलाई नगद सहयोग

टीकापुर, भदौ ३
नेपाल फोटोग्राफर्स एशोसियनसन कैलालीको टीकापुर उपसमितिले १८५औं विश्व फोटोग्राफी दिवसको अवसरमा आज टीकापुरस्थित सीमाविहीन स्वयम् सेवक संस्थाद्धारा सञ्चालित बालगृहलाई १५ हजार ५ शय ५५ रुपैयाँ अक्षयकोष स्थापनार्थ सहयोग हस्तान्तरण गरेको छ । 

फोटोग्राफी दिवसको अवसर पारेर उपसमितिले टीकापुरस्थित २४ वटा फोटो स्टुडियोका सञ्चालकहरुबाट संकलित रकम बालगृहले स्थापना गरेको अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको हो । 

Khadga Memorial And Janajagriti

‘विश्व फोटोग्राफी दिवसको अवसर पारेर हामीले बालगृहलाई सहयोग गरेका छौं’ एशोसियनका जिल्ला अध्यक्ष टोपप्रकाश वि.क.ले भने ‘जिल्लाका विभिन्न स्थानमा रहेका एशोसियनका ७ वटै उपसमितिहरुले विविध कार्यक्रम गरी फोटोग्राफी दिवस मनाइएको छ ।’

कैलालीमा फोटो व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको साझा संस्था एशोसियनले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update