Hamro Patra
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

टीकापुर, भदौ ३
कैलालीको मध्यवर्ती घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

वडा नं. ४ भालुफाटा स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल र सोहि दिशा तर्फ जादै गरेको से ७ प ७६०१ नम्बरको मोटरसाईकलले पैदल यात्री नाम थर खुल्न नआएको अन्दाजी ५० वर्षीय पुरुषलाई गएराति १०ः४५ बजेतिर ठक्कर दिँदा गम्भिर घाईते भएका थिए ।

Khadga Memorial And Janajagriti

घाइते पुरुषको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  कैलालीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिका वडा नं. ५ बस्ने २० वर्षीय रमेश जैगडी, से ७ प ७६०१ नम्बरको मोटरसाईकल चालक गौरीगंगा नगरपालिका वडा नं. ९ बस्ने १९ वर्षीय सागर बि.क., मोटरसाइकलमा पछाडी सवार सोही ठाँउकी १४ वर्षीया आचल बि.क र १४ वर्षीया माया शाहीसहित चारै जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update