Hamro Patra
बझाङको बुङ्‍गल पहिरोः घरभित्र च्यापिएका चारै जनाको शव फेला

बझाङ, भदौ ३
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको बुङ्‍गल नगरपालिका वडा नं. १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ । 

गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी घरभित्रै पुरिएको अवस्थामा शव निकालिएको हो ।

Khadga Memorial And Janajagriti

स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७ः२० बजे चारै जनाको शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ । पहिरो जानेबित्तिकै स्थानीयहरुको प्रयासले बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update