Hamro Patra
नेपालको विजयी सुरूवात

काठमाडौं, भदौ २
आजदेखि काठमाडौंमा शुरु भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले श्रीलंका विरुद्ध जित दर्ता गर्दै विजयी शुरुवात गरेको हो । 

खेलमा नेपालले श्रीलंकामाथि १–० गोलको जित निकालेको छ । नेपालको जितमा निराजन धामीले गरेको गोल निर्णायक सावित भयो । उनले खेलको २४ मिनेटमा डिबक्स भित्रबाट सशस्त्र प्रहार गर्दै गोल पोस्टको दिशा दिएका थिए । 

Khadga Memorial And Janajagriti

खेलमा नेपाली फरवार्ड पाएका अवसरमा पटकपटक चुकेका थिए । समिर तामाङले दुई सुन्दर अवसर खेर फालेका थिए । यस्तै अनिल बम्जन पनि प्राप्त अवसरमा सफल हुन सकेनन् । 

खेलको अन्तिम मिनेटमा निराजन धामीको प्रहार क्रस बारमा लाग्दा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमेको थियो । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । 

अब नेपालले समूहको दोस्रो खेलमा बिहीबार बंगलादेशसँग खेल्नेछ । भोलि अर्को समूहको खेलमा भारत र भुटानबीच खेल हुनेछ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update