Hamro Patra
भलिवल खेलाडीलाई जनही ३ लाख दिने सरकारको घोषणा

काठमाण्डौं, साउन ३२
सरकारले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा दोस्रो भएका खेलाडीहरूलाई जनही तीन लाख दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले भलिबल खेलाडीहरूलाई  उक्त रकम दिने निर्णय गरेको हो ।

Khadga Memorial And Janajagriti

यसअघि राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा दोस्रो भएका खेलाडीहरूलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सिफारिस गरेको थियो ।

साउन १७ गते देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो ।

यस्तै सेमिफानलमा इरानलाई पराजित गरी फाइनल पुगेको नेपाली टिम भारतसँग पराजित हुँदा उपविजेता बनेको थियो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update