Hamro Patra
करेन्ट लागेर महिलाको मृत्यु
Khadga Memorial And Janajagriti

टीकापुर, साउन ३२ 
कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ नारायणपुरकी ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रवार दिउँसो आफ्नै घरमा रहेको नल्कामा (हातेपम्प) नुहाउने क्रममा करेन्ट लागेर बुढाथोकीको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पानी तान्ने मोटरको तारले नल्कामा छोएपछि बुढाथोकीलाई करेन्ट लागेको थियो । घटनास्थलमै ज्यान गएकी बुढाथोकीको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update