Hamro Patra
एसियन लाइफले दियो घातक रोग उपचार रकम
Khadga Memorial And Janajagriti

टीकापुर, साउन ३२
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग उपचार खर्चबाफत्को रकम भुक्तानी गरेको छ । कैलालीको जानकी गाउँपालिका वडा नं. ८ की कमलादेवी डगौरा थारुलाई क्यान्सर रोग प्रमाणित भएपछि कम्पनीले घातक रोगवाफत् ३ लाख ८० हजार रुपैयाँ प्रदान गरेको हो ।

चौधरीले २०७६ चैत्र २७ गते एसियन सावधिक बिमा गरेर घातक रोग सुविधा तथा एसियन क्रिटिकल केयर सुविधा लिएकी थिइन् । रोग प्रमाणित भएपछि कम्पनीले ४ लाख रुपैयाँबाट २० हजार करकट्टी गरेर ३ लाख ८० हजार रुपैयाँ प्रदान गरेको एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख गणेशबहादुर साउँदले जानकारी दिए ।

कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख साउँदको उपस्थितिमा चौधरीको घरदैलोमा पुगेर उक्त रकम प्रदान गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update