Hamro Patra
एउटै योजनामा दुईवटा उपभोक्ता समिति
Khadga Memorial And Janajagriti

योगेश रावल
टीकापुर, माघ २
टीकापुर नगरपालिका वडा नं. १ को कार्यालयले एउटै योजनामा दुईवटा उपभोक्ता समिति गठन गरेर विवाद खडा गरेको छ । कार्यालयले ब्लक नं. ९ स्थित तीनकुने चिल्डे«न पार्क निर्माणमा दुईवटा छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरेको पाईएको छ ।
कार्यालयले २०७६ मंसिर १९ गते गोपालबहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरेको थियो । थापाको नेतृत्वमा गठन भएको समितिले पार्क निर्माणका लागि छुट्याईएको बजेट सोही ब्लकमा रहेको मन्दिरको जग्गामा खर्च गर्न खोजेको भन्दै स्थानीयले विरोध गरे । उनीहरुले चिल्ड्रेन पार्क आसपासका जनतालाई जानकारी नै नदिई बजेट अन्यत्र खर्च गर्न खोजेको भन्दै आपत्ती जनाए ।
स्थानीयको विरोध पछि वडा कार्यालयले पुर्ण लामाको अध्यक्षतामा २०७६ पुस २३ गते अर्को निर्माण उपभोक्ता समिति गठन ग¥यो । एउटै योजनामा दुईवटा समिति गठन गरेपछि स्थानीय आपसमा विभाजित भएका छन । दुवै समितिबीचको विवाद वडा कार्यालयमा पुगेको छ । वडा कार्यालयले सो बजेट तीनकुने चिल्डे«न पार्क निर्माणमा मात्रै खर्च गर्ने शर्तमा पूरानो समितिलाई मान्यता दिएको छ ।
दुईवटै समिति गठन गर्दा अनुपस्थित रहेका वडाध्यक्ष गंगाराम आचार्यले थापा अध्यक्ष रहेको समितिको माइन्यूटमा कार्यालयमै बसेर हस्ताक्षर गरेका छन । उनले लामा अध्यक्ष रहेको समितिमा हस्ताक्षर गरेका छैनन् । तर वडा सचिव चक्रबहादुर रावलले दुवै समितिमा हस्ताक्षर गरेको पाईएको छ । उनकै पहलमा दुईवटा समिति गठन भएको बताईएको छ ।
वडाध्यक्ष आचार्यले आफूलाई झुक्याएर हस्ताक्षर गरिएको बताए । ‘म दुईवटै समिति गठन गर्दा उपस्थित थिएन’ उनले भने–‘मलाई कार्यालयबाटै झुक्याएर हस्ताक्षर गराईयो ।’
वडा सचिव रावलले स्थानीयको दवाव थेग्न नसकेर दुईवटा समिति गठन गर्नुपरेको बताए । उनले एउटै योजनामा दुईवटा समिति गैरकानूनी हुने बताए । ‘मलाई निकै दवाव आयो’ उनले भने–‘वाध्य भएर दुईवटा समिति गठन गर्नुप¥यो ।’
सो पार्क संरक्षणमा लामो समयदेखी लागिरहेका स्थानीय शेरबहादुर रावलले बजेट अन्यत्र खर्च गर्न आफूहरुलाई जानकारी नै नदिई छुट्टै समिति गठन गरिएको आरोप लगाएका छन । उनले वडा कार्यालयको मिलेमतोमा चिल्डे«न पार्कको नाममा छुट्याईएको रकम मन्दिरको जग्गामा खर्च गर्ने प्रयास स्वरुप छुट्टै समिति निर्माण गरिएको बताए ।
‘हामीलाई थाहै नदिएर अन्यत्र खर्च गरेर खान खोजेका हुन’ उनले भने–‘यसमा सबैको मिलेमतो छ ।’
टीकापुर नगरपालिकाले आव २०७६÷०७७ मा सो योजनामा २ लाख ४ हजार ९२६ रुपैयाँ विनियोजन गरेको छ । स्थानीयले सो रकम सदुपयोग हुनेमा आशंका व्यक्त गरेका छन । वडा कार्यालयले मान्यता दिएको समितिका अध्यक्ष थापाले यसअघि समेत विकास निर्माणको काममा अगुवाई गरी रकम हिनामिना गरेको स्थानीयको आरोप छ ।
स्थानीयले विगत लामो समयदेखी पार्कको संरक्षण गर्दैै आएका आसपासका बासिन्दाको सहभागीतामा निर्माण उपभोक्ता समिति गठनको माग गरेका छन । उनीहरु चिल्डे«न पार्क मास्न खोज्नेहरु नै समितिमा रहेकाले संरक्षण हुनेमा शंका रहेको बताउँछन ।

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update