Hamro Patra
बेपत्ता बालकुमारी तीन दिनपछि मृत फेला परिन्
Khadga Memorial And Janajagriti

टीकापुर, साउन ३२ 
तीन दिनदेखि बेपत्ता रहेकी कैलालीको टीकापुर नगरपालिका वडा नं. २ बिजयनगरकी बालकुमारी चौधरीको शव फेला परेको छ । वडा नं. २ स्थित रानी कुलाको नहरमा चौधरीको शव आज फेला परेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले दुई छोरीसहित आमा र भाईसँग विजयनगरमा बस्दै आएकी ३५ वर्षीया बालकुमारी तीन दिनदेखि सम्पर्कविहीन भएकी थिइन् । 

शव फेला परेको केहीबेरमै उनका आफन्तले शवको सनाखत गरेका थिए । डिएसपी अधिकारीले चौधरीको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको बताए ।  

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update