Hamro Patra
यात्रुबाहक बस दुर्घटनामा १७ जना घाईते

डोटी, साउन ३२
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ समुहगाड अन्तरगत रेडियो नेपालको मोडमा बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन । 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४९१ नम्बरको रात्रि बस शुक्रवार बिहान ४ः २० बजे दुर्घटना भएको हो । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।

बस सडकबाट स्थानीयको घर माथि खसेको थियो । घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १६ जना बसमा सवार यात्रुहरू हुन् भने एक जना घरमा सुतिरहेकी महिला हुन् ।

Khadga Memorial And Janajagriti

दुर्घटनामा सायल गाउँपालिका– ४ का २४ वर्षीय इन्द्र बोगटी, सोही ठाउँका ८२ वर्षीय तेज बहादुर सिंह, ६८ वर्षीय हर्क बहादुर सिंह र ५६ वर्षीय लालवीरे भुल घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सायल गाउँपालिका– ३ का ४० वर्षी दल बहादुर बयाडी, पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहका २१ वर्षीय हिक्मत बिक, बोगटान फुड्सिल गाउँपालिका– ६ पलाडीका ३५ वर्षीय देव बोगटी घाइते भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–१ तिखाकी ४० वर्षीया डम्बरी खड्का, दिपायल सिलगढी नगरपालिका–४ राजपुरका ३८ वर्षीय डिल बहादुर नेपाली, , दिपायल सिलगढी नगरपालिका–६ का २९ वर्षीय भेषराज धामी पनि घाइते भएका छन् ।

आदर्श गाउँपालिका– ४ भुवाका ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय सन्तोष बोहरा र आशर्द गाउँपालिकाकै वडा नं १ का २३ वर्षीय प्रकाश खड्का, डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– २ की २१ वर्षीया सविता देउवा घाइते भएको प्रहरीले जनाएको छ ।

बस चालक शिखर नगरपालिका– १० का २८ वर्षीय भरत रावल र बस मालिक केआईसिंह गाउँपालिका– २ का ४६ वर्षीय कमल विक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घरमाथिबाट बस खस्दा घरमा सुतिरहेकी स्थानीय ५० वर्षीया सरूँ नेगी पनि घाइते भएकी छिन् । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । गडीको प्रेसर पाइप फुटेका कारण उकालोमा ब्रेकले काम नगर्दा दुर्घटना भएको चालक रावलले बयान दिएका छन् । घाइतेहरूको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update