Hamro Patra
वल्र्ड भिजनका कार्यक्रमको जिल्लास्तरीय अनुमगन

टीकापुर, साउन ३०
कैलालीका विभिन्न पालिकाहरुमा वल्र्ड भिजन इन्टरनेशनल, बाल कल्याण संघ, दिगो विकास समाज, यार्ड र सिएसएसडीले सञ्चालन गरेका कार्यक्रमहरुको जिल्लास्तरीय अनुगमन गरिएको छ । 

कैलालीका टीकापुर, भजनी, घोडाघोडी तथा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका बाल संरक्षण तथा बाल स्पोन्सरसीप, पोषण तथा उत्थानशील जीविकोपार्जन, समावेशी तथा गुणस्तरीय शिक्षा र समुदायमा आधारित विपद जोखिम न्युनिकरण परियोजनाहरुको अनुगमन गरिएको हो । 

Khadga Memorial And Janajagriti

जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक खगराज भुसाल, पालिकाका जनप्रतिनिधि तथा परियोजना प्रतिनिधिहरुको टोलीले संयुक्त अनुगमन गरेको हो ।

बाल कल्याण संघद्वारा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तर्गत रुपान्तरण कक्षाको भजनी नगरपालिका  र कैलारी गाउँपालिकामा अनुगमन गर्दा बालबालिकाहरुमा बोल्ने, सही, गलत छुट्याउन सक्ने, समस्याहरु राख्न सक्ने, आत्मरक्षा क्षमता र अभिभावकलाई सहयोग गर्ने बानीको विकास बालबालिकामा भएको कार्यवाहक संयोजक भुसालले बताए । 

रुपान्तरण भैसकेका अनुभवी बालबालिकाहरुले आफ्नो समाज र समुदायमा रहेका अरु बालबालिका तथा अभिभावकलाई सकारात्मक रुपान्तरणका लागि घोडाघोडी नगरपालिका वडा नम्बर १० मा रुपान्तरण अल्मुनाई मार्फत् गरेका कार्यहरुको अनुगमन गरिएको हो ।  

घटना हुँदा तुरन्त भन्न नसक्ने अथवा दर्ता गर्न असहज मान्ने बालबालिकाहरू सहजै घटना दर्ता गर्नसक्ने वातावरण बनेको पाइएको छ । बाल कल्याण संघको घटना दर्ता तथा सिफारिस संयन्त्र प्रणालीले बालबालिकालाई सुरक्षित महशुस गराएको टीकापुर नगरपालिका वडा नम्बर ७ मा घटना दर्ता र सिफारिस संख्या अनुगमन गर्दा पाइएको छ ।

गौरीगंगा नगरपालिका वडा नम्बर १० वडास्तरीय बालमैत्री समितिको क्रियाकलाप तथा बालमैत्री स्थानीय शासन घोषणाका लागि तय गरिएका विभिन्न सूचकहरुको दस्तावेजीकरण अद्यावधी तथा अनुगमन गर्दा उक्त वडा कार्यालयमा बालमैत्री स्थानीय शासन घोषणा हुने पाइएको हो । 

अनुगमनमा जिल्ला समितिका कार्यवाहक संयोजक भुसाल, पालिकाका नगर प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र परियोजनाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update