Hamro Patra
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

टीकापुर, साउन ३०
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको आज (बुधबार) बसेको बैठकमा शाहले विश्वासको मत प्राप्त गरेका हुन् ।

४५ प्रदेश सभा सदस्य उपस्थित रहेको बैठकमा मुख्यमन्त्री शाहको पक्षमा ३६ सदस्यले मतदान गरेका थिए । यस्तै विपक्ष ८ सदस्यले मतदान गर्दा एक प्रदेश सभा सदस्य तठस्थ बसेका छन् ।

Khadga Memorial And Janajagriti

विश्वासको मत प्राप्त गर्नुअघि मुख्यमन्त्री शाहले विकासको पहिलो आधार राजनीतिक स्थिरता रहेको बताएका छन् । प्रदेश सभामा बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि नयाँ राजनीतिक सहमति भएको मुख्यमन्त्रीको भनाइ छ ।

मुख्यमन्त्री शाहले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान भइसकेको दाबी गर्दै बजेट समस्याको पनि चाँडै निकास दिने प्रयास भइरहेको बताए।

विनियोजन ऐन र आर्थिक ऐन पास गरेर चाँडै नै चालु र पुँजीगत खर्च अगाडि बढाउने उनले बताए। मुख्यमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता समेत जनाएका छन्। भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने उनको दाबी छ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update