Hamro Patra
१६ करोडको एमआरआई मेशिन दुई महिनामै बिग्रियो

धनगढी, साउन ३०
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा आएको २ महिनामै १६ करोड रुपैयाँ खर्चेर खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ ।

दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजी अस्पताल धाउन बाध्य भएका छन् । सेती अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले झण्डै दोब्बर मूल्य लिने गरका छन् ।

CMA Staff

यस्तो सेवा शुरु भएको कम समयमै मेशिनमा समस्या देखिएको छ । एमआरआई सेवा बन्द गरिएको विषमा अस्पतालले सुचना नै जारी गरेको छ ।

सेवा लिन आउने सेवाग्राहीहरुले अस्पताल पुगेपछि मात्रै मेशिन बिग्रेको विषयमा जानकारी पाउने गरेका छन्। गत जेठ १३ गतेबाट एमआरआई सेवा शुरु भएको अस्पतालले सुचना जारी गरी सेवा अवरुद्ध भएको जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर शेरबहादुर कमरले साउन १४ गतेदेखि एमआरआई मेशिनमा समस्या आएको बताए । उनले मेशिन बिग्रेकोबारे सप्लायर्सलाई जानकारी गराइसकेको बताए ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update