Hamro Patra
रास्वपाको राष्ट्रिय भेला हुने

काठमाण्डौं, साउन ३०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय भेला आगामी असोजमा गर्ने भएको छ ।  

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज बसेको पार्टी सचिवालय बैठकले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । सो अघि सातै प्रदेशमा भेला गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।  

Khadga Memorial And Janajagriti

राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा छलफल हुने झाको भनाइ छ ।

क्लोज क्याम्पमा रास्वपाले विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लव÷लिडरसिप एकेडेमी लगायत विषयमा सातै प्रदेशका विभिन्न ठाउँमा छलफल चलाएको थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update