Hamro Patra
सुदूरपश्चिममा माओवादी र एमालेले फेरे सचेतक

धनगढी, साउन २९
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सभामा प्रमुख सचेतक र सचेतक फेरेका छन । लामो समयदेखी रिक्त रहेको नेकपा माओवादी केन्द्रको प्रमुख सचेतकमा गीतादेवी माल चयन भएकी छन । 

आज बसेको संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको उपनेता अक्कलबहादुर रावलले जानकारी दिएका छन । 

Khadga Memorial And Janajagriti

यसअघिका प्रमुख सचेतक मानबहादुर धामी खगराज भट्टलाई हटाउँदै दलको नेता बनेपछि माओवादीको प्रमुख सचेतक पद रिक्त रहेको थियो । 
प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ ।

त्यस्तै नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्र बहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन । आज संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहेका थिए । पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोहीँ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए ।

प्रमुख सचेतकमा चयन भएका मल्ल डोटीको प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन । बम बैतडीबाट समानुपातिक सांसद हुन ।
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update