Hamro Patra
टीकापुर नगरपालिकाको छैटौं नगर सभा सुरु

टीकापुर, पुस २८

टीकापुर नगरपालिकाको छैटौं नगरसभा आजदेखी सुरु भएको छ । नगरसभामा विभिन्न विधेयकहरु प्रस्तुत गरिएका छन ।

Khadga Memorial And Janajagriti

नगरसभामा नगर उपप्रमुख केशरी रावल बिष्टले प्रस्तुत गरेको योजना तथा कार्यक्रमहरुको संशोधन विनियोजन ऐन २०७६ पास भएको छ ।

सो ऐनमा पाँचौ नगरसभाले पारित गरेको विभिन्न कार्यक्रम र योजनाहरु कार्यान्वयन गर्ने क्रममा केही विनियोजन शिर्षकहरुमा रकम अपुग हुने देखिएको, कतिपय विनियोजन शिर्षकहरुमा रकम बचत हुने देखिएको र आम्दानी तर्फ अनुमान गरे भन्दा फरक शिर्षकमा नगरपालिकाले बाँडफाँड गर्ने गरी रकम प्राप्त भएकोले छैटौं नगरसभामा पेश गर्नुपरेको उल्लेख छ ।

त्यस्तै नगरसभमा रमेश विकले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन विधेयक, दीर्घ ठकुल्लाले शिक्षा विधेयक, अक्क्ल माझीले स्वास्थ्य तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बलिराम चौधरीले जलचर एवं जलीय जैविक विविधता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका छन ।

ती सबै विधेयकहरु नगर कार्यपालिका बैठकमा सर्वसम्मत अनुमोदन गरी सहमतिका आधारमा नगरसभामा प्रस्तुत भएको बताईएको छ । नगरपालिकाले प्रस्तुत विधेयक नगरसभाबाट पास गरेर ऐन निर्माण गर्नेछ । नगरसभा नगर प्रमुख तपेन्द्रबहादुर रावलको अध्यक्षतामा सञ्चालन भैरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update