Hamro Patra
मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिने
Khadga Memorial And Janajagriti

टीकापुर, साउन २८
संघीय सरकारमा सत्तासमीकरण फेरिएसँगै दोश्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् । 
साउन ३० गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव रामबहादुर विष्टले जानकारी दिए ।
नेपाली काँग्रेसका शाह, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा साउन २० गते दोस्रो पटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिना भित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ । ५३ सदस्यी सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । 

सत्तारुढ दल काँग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहेकाले मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्ने निश्चित छ । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update