Hamro Patra
किसान सहकारीद्धारा ६ लाख मृत्यु सुविधा प्रदान

टीकापुर, साउन २८
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टीकापुर शाखाले शेयर सदस्यको मृत्य सुविधा प्रदान गरेको छ । 

टीकापुर नगरपालिका वडा नं. ५ नुक्लीपुर घर भएका संस्थाका शेयर सदस्य लौटी थारुका श्रीमान् कुकुलाल थारुको निधनपछि संस्थाले ६ लाख ३८ हजार ८ शय ३७ रुपैयाँ मृत्यु सुविधा प्रदान गरेको हो । आज श्रद्धाञ्जली सभा गर्दै मृतक थारुकी श्रीमती लौटी थारुलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको छ । 

Khadga Memorial And Janajagriti

कार्यक्रमको अध्यक्षता संस्थाको केन्द्रिय कार्यालयका सुपरीवेक्षण प्रमुख प्रकाश जिसीको अध्यक्षता तथा वडा नं. ५ का वडाध्यक्ष बलबिर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रममा समूहका सदस्यहरु, गाउँका बडघर सुकैया थारु तथा टीकापुर शाखा प्रमुख जनक विष्ट लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update