Hamro Patra
चट्याङ लागेर एकैदिन दश महिला घाइते

टीकापुर, साउन २७
मृत्यु कर्ममा भेला भएका १० जना महिला कैलालीमा चट्याङ लागेर घाइते भएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. १ उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा १३ दिनको पुण्यतिथिमा जम्मा भएका स्थानीय १० जना महिलाहरु चट्याङ लागेर घाइते भएका हुन् । 

चौधरीको घरको अगाडी अमट्टाको रूख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा चट्याङ् परेको थियो । 

Khadga Memorial And Janajagriti

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चट्याङ लागेर बर्दगोरिया गाउँपालिका नं. १ उत्तरमुडाका ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी र ३२ वर्षीया किरन चौधरी घाइते भएकी छन् ।

चट्याङ परेर ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्बती चौधरी, ५० वर्षीया फुलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु  र घोडाघोडी नगरपालिका–३ ढुसर की ३० वर्षीया ममता थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update