Hamro Patra
सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश प्रदेश सभामा टेबल
Khadga Memorial And Janajagriti

धनगढी, साउन २७
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको सुदूरपश्चिम प्रदेश सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश प्रदेश सभामा टेबल भएको छ । सुदूरपश्चिम प्रदेशसभाको आइतबारदेखि सुरु भएको पाँचौँ अधिवेशनको पहिलो बैठकमा सो अध्यादेश टेबल भएको हो। आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश जारी गर्नुपरेको अवस्था र कारण पेस गर्दै अध्यादेश पेस गरेका हुन् ।

उनले देशको राजनीतिक कारण र सरकार परिवर्तन हुँदा प्रदेश सरकारको बजेट पास नहुँदा राजश्व सङ्कलन ठप्प भएको उल्लेख गर्दै सेवा सुचारु गर्न अध्यादेश ल्याएको स्पष्ट पारेका छन्। प्रदेश सरकारले मौजुदा करका दरहरूलाई यथावत् राख्दै अध्यादेश जारी गरेको हो। अध्यादेश जारी गरेसँगै कर सङ्कलनको गाँठो फुकेको छ।

प्रदेशमा दैनिक करिब ४० लाखभन्दा बढी कर सङ्कलन हुँदै आएको छ। तत्कालिन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेर असार १ गते प्रदेशसभामा प्रस्तुत बजेट पास हुन नसकेपछि साउन १ गतेदेखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update