Hamro Patra
टीकापुर जेसीजको अध्यक्षमा तपेन्द्र स्वाँर

टीकापुर, पुस २८

टीकापुर जेसीजको वर्ष २०२० का लागि अध्यक्ष पदमा तपेन्द्र स्वाँर निर्वाचित भएका छन । वर्ष २०१९ का महासचिव समेत रहेका स्वाँर निर्विरोध निर्वाचित भएका हुन ।

Khadga Memorial And Janajagriti

त्यस्तै कार्यकारी उपाध्यक्षमा मंगल साउँद र झनकराज तिमिल्सिना तथा उपाध्यक्षमा प्रकाश शाह, कृष्णा चौधरी, भक्त देवकोटा र सन्तोष खड्का निर्विरोध चयन भएको निर्वाचन कमिटीका संयोजक श्यामराज पाण्डेयले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष स्वाँरले वर्ष २०२० का लागि कानूनी सल्लाहकारमा बलराम चौधरी, महासचिवमा पुथ्वीराज ढुंगाना र कोषाध्यक्षमा टोप प्रकाश विकलाई मनोनयन गरेका छन । टीकापुर जेसीजको नेतृत्व विगत २२ वर्षदेखी सहमतिका आधारमा चयन हुँदै आएको छ । पूर्वअध्यक्षहरुको पहलमा सहमतिमा नेतृत्व चयन गर्ने परिपाटी रहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update