Hamro Patra
टीकापुरमा होण्डाको नयाँ शोरुम सञ्चालन

टीकापुर, साउन २६ 
कैलालीको टीकापुरमा होण्डा मोटरसाइकलको नयाँ शोरुम सञ्चालनमा आएको छ । एक वर्षदेखि बन्द अवस्थामा रहेको शोरुम युएम टे्रड कन्सर्न प्रा.लि.ले सञ्चालनमा ल्याएको हो ।

होण्डा कम्पनीका मोटरसाइकल तथा स्कुटीहरुको आधिकारिक बिक्रेता युएम टे्रडले जमरापारी रहेको पूरानै शोरुमा नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको सञ्चालक रवीन्द्र बोहराले जानकारी दिए । 

Khadga Memorial And Janajagriti

शुक्रवार शोरुमका टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीले रिबन काटेर उद्घाटन गरेका हुन् । 

‘मोटरसाइकलका ग्राहकहरुलाई ५० वर्षदेखि सन्तुष्टि दिँदै आएको होण्डा कम्पनीका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटीको सेवा दिन शोरुम शुरु गरेका छौं’ बोहराले भने ‘आगामी दिनमा हामी उत्कृष्ट सेवा दिन तत्पर छौं, हाम्रा ग्राहकहरुलाई ।’

उद्घाटन कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटा, उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय बजगाईं, महासचिव नवराज रिमाल, बैंक तथा वित्तीय संस्थाका तथा प्राविधिक, टीकापुर साना शहरी तथा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव मनिष बलायर, बुद्धिजिबी सीताराम रिमाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update