Hamro Patra
विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाह

टीकापुर, साउन २५
सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आगामी २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए । विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश हिजो प्रमाणीकरण भइसकेको छ । 

Khadga Memorial And Janajagriti

आज पुन सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । आइतबार मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका थिए । उनले विश्वासको मत लिएका छैनन् । 

आइतबार प्रदेश सभा बैठक आह्वान गरिएको र त्यसलगत्तै विश्वासको मत लिने तयारी गरेको उनले बताए । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थमा शाह मुख्यमन्त्री भएका थिए । उनको सरकारमा अहिले नागरिक उन्मुक्ति पार्टी पनि समावेश भएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update