Hamro Patra
म्यासेन्जरबाट कुरा गरेर भेट्न जाँदा किशोरीमाथि सामूहिक बलात्कार

अत्तरिया, साउन २५

सामाजिक सञ्जाल म्यासेन्जरमा कुरा गरेर भेट्न जाँदा कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ३ की १७ वर्षीया किशोरी साउन ९ गते मध्ये राति बलात्कारको शिकार भएकी हुन् ।

CMA Staff

केही महिनादेखि एक व्यक्तिसँग उनको सामाजिक सञ्जालमार्फत चिनाजान भएको थियो । एक पटक पनि भेट नभएको व्यक्तिलाई भेट्न गएको र त्यही क्रममा उनलाई दुई जना किशोरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार ९ साउनको राति किशोरीलाई घर बाहिर भेट्न बोलाएका थिए । उनलाई एक युवकले मोटरसाइकलमा राखेर राति साढे १ बजेको समयमा गोदावरीकै मालाखेती जङ्गलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

फेसबुकमा कुरा गर्ने युवकले बलात्कार गरेर त्यसपछि अर्का एक युवकले पनि ती किशोरीलाई बलात्कार गरेका थिए । अन्य केही युवा पनि नजिकै रहेका थिए । उनीहरुले सामूहिक बलात्कार गरेपछि राति करिब ३ बजे किशोरीलाई घरमा पु¥याएका थिए । ९ गतेको घटना भए पनि प्रहरीमा ११ गते मात्रै उजुरी परेको थियो । 

जबरजस्ती करणी गरेको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापा पक्राउ परेका छन्। अन्य चार जना फरार रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए। ‘घटनामा संलग्न मुख्य दोषी पक्राउ परिसकेका छन् । ती घटनामा जोडिएका चार जना फरार छन्। उनीहरु सबै उमेर पुगेकै केटाहरु भएको खुलेको छ ।’

साउन ९ गते राति गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरीलाई जंगलमा लगेर करणी गरेको भन्ने उजुरी पीडित पक्षबाट आएपछि मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। साउन १५ गते मुख्य आरोपी थापालाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update