Hamro Patra
गुरही पर्वको अवसरमा स्थानीय पालिकाले दिए सार्वजनिक बिदा

टीकापुर, साउन २४
थारु समुदायको पहिलो पर्वका रुपमा मानिने गुरही पर्वको अवसर पारेर कैलालीका विभिन्न स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका छन् ।

थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिका, टीकापुर र भजनी नगरपालिका, जानकी, जोशीपुर गाउँपािलकले सार्वजनिक बिदा दिएका हुन् । 

ती पालिकाहरुले गुरही पर्व यो वर्ष श्रावण २५ गते शुक्रबारका लागि सूचना प्रकाशित गर्दै सार्वजनिक विदा दिएका हुन् । पश्चिमवासी थारू समुदायले हरेक वर्ष नागपञ्चमीको दिन मानाउँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update