Hamro Patra
आर्थिक अवस्था न्यून भएका ८० परिवारलाई न्यानो लुगा

टीकापुर, पुस २४

सुुदूरपश्चिम सरकार सामाजिक विकास मन्त्रालयले टीकापुरमा आज न्यानो लुगा वितरण गरेको छ । साँसद उमादेवी बादीको पहलमा न्यून आर्थिक अवस्था भएका ८० जनालाई न्यानो लुगा वितरण गरिएको हो । सामाजिक विकास मन्त्रालयका सामाजिक विकास शाखा अधिकृत विन्दु चटौतको अध्यक्षतामा भएको न्यानो लुगा वितरण कार्यक्रमको प्रमुख अतिथि साँसद बादी रहेकी थिईन । न्यानो लुगा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बादीले जनप्रतिनिधिका हैसियतले राहत स्वरुप सानो सहयोग गरेको बताईन । उनले सरकारले न्यून आर्थिक अवस्था भएका घरपरिवारका लागि राहतका कार्यक्रम ल्याउने विश्वास व्यक्त गरिन ।

Khadga Memorial And Janajagriti

कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले राहत सानो र ठूलो नहुने बताउँदै सरकारलाई धन्यवाद व्यक्त गरे । उनले सरकारले समस्यामा रहेका जनताको अभिभावकत्व प्रदान गर्नुपर्ने बताए । सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले उमादेवी बादी प्रति आम नागरिकले सम्मान व्यक्त गर्नुपर्ने बताए । कार्यक्रममा बादी समुदायका साथै अन्य समुदायका न्यून आर्थिक अवस्था भएका व्यक्तिहरुलाई समेत राहत स्वरुप न्यानो लुगा प्रदान गरिएको थियो । न्यानो लुगा प्राप्त गर्नेमा दृष्टिबिहिन, एकल महिला, सुत्केरी, यौन संक्रमित, वृद्धवृद्धा रहेका छन ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update