Hamro Patra
सुदूरपश्चिम विश्वविद्यालयले दियो ३२ क्याम्पसलाई सम्बन्धन

महेन्द्रनगर, साउन २३ 
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले ३२ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ । गत वर्ष भदौमा दुई सय बढी क्याम्पसले सम्बन्धनका लागि आवेदन दर्ता गराएका थिए । तर, विश्वविद्यालयले ३२ क्याम्पसलाई मात्रै सम्बन्धन दिएको हो । 

विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले आवेदन दिएकामध्ये मापदण्ड पूरा गरेका ३२ क्याम्पसलाई पढाउनका लागि अनुमति दिइएको बताए । उनका अनुसार सम्बन्धन पाउनेमा वेस्टर्न कलेज एण्ड रिसर्च सेन्टर प्रा.लि.विरेन्द्रनगर १०, खजुरा सुर्खेत,सिद्धपाइला टेक्निकल कलेज प्रा.लि.विरेन्द्रनगर ०६, सुर्खेत,भेरी कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्ट प्रा.लि.नेपालगञ्ज १७, बाँके,सगुन कलेज अफ मेनेजमेन्ट प्रा.लि.नेपालगञ्ज १४, बाँके,टेक्निकल रिसर्च फर ट्रेनिङ इन्सिच्युट प्रा.लि. नेपालगञ्ज बाँके रहेका छन् । 

Khadga Memorial And Janajagriti

त्यसैगरी सम्बन्धन पाउनेमा वेष्टर्न कलेज अफ विजनेश स्टडिज कोहलपुर ०५, बाँके,गेरूवा बहुमुखी क्याम्पस गेरूवा ०२, बर्दिया,श्री ज्ञान ज्योति मेनेजमेन्ट कलेज प्रा.लि.तुलसीपुर ०६, दाङ,वेष्टर्न एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेण्ट प्रा.लि. गैडाकोट ०१, नवलपरासी,फोब्स कलेज प्रा.ल. भरतपुर, चितवन र गण्डकी एकेडेमी फाउण्डेशन प्रा.लि.पोखरा ०१, कास्की छन् ।

त्यसैगरी गण्डकी कलेज अफ साइन्स, मेनेजमेण्ट एण्ड टेक्नोलोजी पोखरा, कास्की,एशियन इन्सिच्युट अफ टेक्नोलोजी एण्ड मेनेजमेन्ट स्कुल अफ इन्जिनियरिङ प्रा.लि. सातदोबाटो १५, ललितपुर,आर्केन कलेज ललितपुर २०, कुमारीपाटी, ललितपुर,दयानन्द कलेज, जाउलाखेल, लिलतपुर,काठमाडौं वर्ल्ड स्कुल अफ इन्जिनियरिङ एण्ड मेनेजमेण्ट सुर्यविनायक, भक्तपुर,शिक्षालय कलेज शिवनगर, लोकन्थली, भक्तपुर,रिलायवल कलेज मिनभवन, काडमाण्डौ,आदिम कलेज प्रा.लि. काठमाण्डौ ०७, चावहिल, हिमालय कलेज प्रा.लि.काठमाण्डौ ३५, कोटेश्वर, काठमाण्डौ,महर्षि कलेज नयाँबानेश्वर, काठमाण्डौ,एपेक्स मेनेजमेन्ट कलेज विरगञ्ज, पर्सा ,विरगञ्ज डेसिमल पब्लिक कलेज विरगञ्ज, पर्सा,मिथिला इन्सिटच्युट अफ टेक्नोलोजी जनकपुरधाम, धनुषा,इन्सिटच्युट अफ विजनश मेनेजमेन्ट कलेज लाहान, सिराहा,प्रणिता कलेज अफ मेनेजमेन्ट कलेज मर्चैया, सिराहा,बर्दिवास नवक्षितिज कलेज बर्दिजास, महोत्तरी,क्याम्ब्रिज विजनेश स्कुल विरेन्द्रनगर, सुर्खेत,कि स्टोन मेनेजमेन्ट कलेज प्रा.लि.कोहलपुर, बाँके,ज्ञानसुधा टेक्निकल कलेज रत्ननगर, चितवन ड्रिम्स कलेज भरतपुर, चितवन र राघवेन्द्र गौरव बहुमुखी क्याम्पस कृष्णनगर ०९, कपिलबस्तु लाई सम्बन्धन दिएको हो ।

सम्बन्धनका लागि सुदूरपश्चिमका पहाडी जिल्लाका क्याम्पसहरूले समेत आवेद दर्ता गराएका थिए । विश्वविद्यालयले सुदूरपश्चिम बाहिरका निजी क्याम्पसलाई मात्रै सम्बन्धन दिएको हो । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तले २०७४ सालदेखी नै सम्बन्धनका लागि प्रक्रिया सुरु गरेका डेढ सय बढी क्याम्पस मध्ये ३२ वटा क्याम्पसलाई मात्रै सम्बन्धन दिएको बताए । ‘सुदूरपश्चिममा रहेका १६ वटा आंगिक क्याम्पसलाई व्यवस्थित गर्ने र सुदूरपश्चिम बाहिर पनि विश्वविद्यालयलाई व्यापक बनाउन सम्बन्धन दिएका हौं ।’

उपकुलपति पन्तले भने,’सम्बन्धित डीनहरूले दिएको नम्बरको आधारमा सबैभन्दा बढी नम्बर पाउने क्याम्पसलाई सम्बन्धन दिएका छौं ।’ उनले निजी तथा सरकारी क्याम्पसलाई सम्बन्धन दिएको बताए । सम्बन्धन प्राप्त क्याम्पसले बिबिए,एमबिए, सिभिल र सिएसआइटिका कक्षाहरु सञ्चालन गर्न पाउनेछन् । २०६७ मा स्थापना भएको विश्वविद्यालयका सुदूरपश्चिममा १६ वटा आंगिक क्याम्पस छन् ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update