Hamro Patra
टिआरसी प्रतिवेदन शिर्ष नेताहरुलाई 

काठमाण्डौं, साउन २३
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) बारेको प्रतिवेदन शीर्ष नेतालाई बुझाइएको छ ।  

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले एक कार्यक्रमका बीच प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष हस्तान्तरण गरेको हो ।

Khadga Memorial And Janajagriti

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । 

कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य रहेका छन ।

मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरुको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले जानकारी दिए । 

उक्त प्रतिवेदनमा अध्ययनपछि शीर्ष नेताहरुले आवश्यक सुझाव दिनेछन । सो पछि समितिमार्फत अघि बढाएर संसदको जारी अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी नेताहरुको छ ।  
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update