Hamro Patra
कञ्चनपुरमा अत्याधिक वर्षा मापन
Khadga Memorial And Janajagriti

महेन्द्रनगर, साउन २३
कञ्चनपुरको दुई ठाउँमा अत्याधिक वर्षा भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार जिल्लाको सुन्दरपुर र हनुमाननगरमा अत्याधिक वर्षा भएको हो । 

विगत छ घण्टाको अवधिमा सुन्दरपुरमा ८५ दशमलव ६ र हनुमाननगरमा ५३ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । हनुमाननगरमा एक घण्टाको अवधिमा ११ दशमलव ४ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

जल तथा मौसम विज्ञान विभागले ती केन्द्रहरुमा थप वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैले सो क्षेत्र भई बग्ने दैजी, चौधर, सुहेली र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले भनेको छ । मनसुन सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षा भएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update