Hamro Patra
आयोग उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजिनामा
Khadga Memorial And Janajagriti

धनगढी, साउन २३
सुदूरपश्चिममा सरकार परिवर्तनसँगै नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष उनीहरूले राजीनामा दिएका हुन् ।

पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत असार ३ मा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्यसमेत रहेका बझाङका विश्वकर्मालाई नीति तथा योजना आयोगको उपाध्यक्ष र डडेलधुराका शाहीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update