Hamro Patra
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन भोलि

धनगढी, साउन २२
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौँ बैठक भोलि बस्ने भएको छ । बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । 

साउन पहिलो साता प्रदेश प्रमुख नजिर मियाँले सभाको विशेष अधिवेशन आह्वान गरेका थिए । विशेष अधिवेशनमा अहिलेसम्म प्रदेशको समसामयिक विषयमा छलफल हुन सकेको छैन । 

Khadga Memorial And Janajagriti

दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारले बजेट पारित गराउन नसकेपछि चालु आर्थिक वर्षको सुरुवातदेखि यो प्रदेश बजेट शून्यताको अवस्थाबाट गुज्रिरहेको छ । 

नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले हिजो पदभार ग्रहण गर्दै बजेट शून्यताको अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले छिट्टै छलफल अगाडि बढाउने बताएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update