Hamro Patra
वार्षिकीमा बेसहारालाई सहयोग
Khadga Memorial And Janajagriti

टीकापुर, पुस २४

टीकापुर नगरपालिका–१ की स्वर्गीय तुलसीदेवी साउँदको परिवारले वार्षिकीको मौका पारेर बेसहारा बालबालिकालाई सहयोग गरेको छ । साउँदका परिवारले टीकापुर नगरपालिका–२ राजीपुरस्थित मेरी आमा घरमा रहेका बालबालिकाहरुलाई न्यानो लुगा र खानेकुरा सहयोग गरेका छन । स्वर्गीय साउँदका नाती लोकेश साउँदले त्यहाँ रहेका नौ जना बालबालिकालाई न्यानो लुगा र खानेकुरा सहयोग गरेको बताए । मेरी आमा घरमा पुगेर स्वर्गीय साउँदकी बुहारी अमृतादेवी साउँदले न्यानो लुगा र खानेकुरा प्रदान गरेकी छन । जाडोको समयमा बालबालिकाको अवस्था निकै दयनीय रहेका कारण सहयोग गरेको लोकेश साउँदले जानकारी दिए । सोही बेला प्रतिभा साउँदले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई खानेकुरा सहयोग गरेकी छन । पछिल्लो समय युवापुस्ता माझ जन्मदिन लगायतको अवसरमा बेसहारालाई सहयोग गर्ने क्रम बढेको छ । धेरै जनाले जन्मदिन, वैवाहिक वर्षगाँठ, वार्षिकी लगायत मेरी आमा घरमा मनाउन थालेका छन । यसले बालबालिकाको जीविकोपार्जनमा थोरै भएपनि सहयोग पुग्न थालेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update