Hamro Patra
बझाङमा हराएका तीन बालिका डडेल्धुरा भेटिए
Khadga Memorial And Janajagriti

डडेल्धुरा, साउन २२
बझाङबाट बेपत्ता भएका तीन बालिका डडेल्धुरामा भेटिएका छन । 

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ छ्यालाकी १६ वर्षीया रजनी विक, १५ वर्षीया निरा विक र अन्दाजी १३ वर्षीया अनिशा विक सोमबार डडेल्धुरामा भेटिएका हुन । 

तीनै जना डडेल्धुराको भातकाडामा हिँडिरहेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनीहरु आइतबार साउन २० गते घरबाट विद्यालय जान्छु भनी हिँडेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update