Hamro Patra
खालिदा जिया रिहा हुँदै

एजेन्सी, साउन २२
बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छिन् ।

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Khadga Memorial And Janajagriti

७८ वर्षीया जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छिन् ।

यसैबीच, नोबेल पुरस्कार विजेता मोहमद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी सुरु भएको बताइएको छ ।

आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार भइरहेको बताएका छन् ।

युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी शेख हसिना अहिलेसम्म भारतमै रहेकी छिन् । उनी लन्डन जानसक्ने बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update