Hamro Patra
बुलाकी साउन ३२ बाट प्रदर्शन

काठमाण्डौं, साउन २२
साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा कर्णाली क्षेत्रमा रहेको जारीप्रथाको सामाजिक परिवेशलाई देखाइएको छ ।

कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा बनेको फिल्ममा लक्ष्मण सुनारको निर्देशन रहेको छ । राजबहादुर सानेको कथा रहेको फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्ट, नव कलाकार सरस्वती खत्री छन ।

Khadga Memorial And Janajagriti

यसअघि यो फिल्म गत वर्षको वैशाख १ गते प्रदर्शन भएको थियो । कम शो पाएको भन्दै निर्माण टिमले दुई दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो ।

तर, विभिन्न महोत्सवमा पाएको उत्साहजनक प्रतिक्रिया, दर्शकको माग र चाहना अनुसार फिल्मलाई पुनः प्रदर्शनमा ल्याउने निर्णय गरिएको बताइएको छ ।

ट्रेलर हेरिसकेपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ‘कर्णालीमा मूल गहना मानिने बुलाकीलाई आधार मानेर तयार गरिएको फिल्मले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको प्रतिक्रिया दिए ।
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update