Hamro Patra
आज नेपाल र इरान भिड्ने

काठमाण्डौैैं, साउन २२
काठमाडौंमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदै छन । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने पहिलो सेमिफाइनल खेल दिउँसो ३ बजे भारत र श्रीलङ्काबीच हुँदै छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच साँझ ५ः १५ बजेदेखि सुरु हुने छ ।

Khadga Memorial And Janajagriti

यस अघि समूह चरणको खेलमा भारत १० अङ्कसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अङ्कसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै इरान ७ अङ्कसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलङ्का ४ अङ्कसहित चौथो हुँदै सेमिफाइनल खेल्दै छ । त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update