Hamro Patra
देशभर वर्षाको सम्भावना, तराईका जिल्लामा हाईअलर्ट

काठमाडौं, साउन २२
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको जानकारी दिँदै महाशाखाले अहिले देशभर साधरणतया बदली रहेको जनाएको छ ।

Khadga Memorial And Janajagriti

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना छ ।


आज राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा देशभरका केही स्थानमा ठूलो वर्षाका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक–दुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update