Hamro Patra
डोटीको पेटारो हिड्यो बडीमालिका तर्फ

डोटी, साउन २१
डोटीबाट प्रशासनको टोली पूजा सामग्री (पेटारो) बोकेर बडीमालिका प्रस्थान गरेको छ ।

सोमवार जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा टोली पैदल यात्रा गर्दै बडीमालिका प्रस्थान गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजाआजा गरी टोलीलाई विदाइ गरेका थिए । 

Khadga Memorial And Janajagriti

सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएर पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट विदाई गरिएको हो । टोलीमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीय पूजारी तथा सन्तको सहभागिता रहेको छ ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट हरेक वर्ष सरकारी टोली पेटारोसहित पैदल जाने गर्दछ ।

डोटीको प्रसिद्ध शैलेश्वरी मन्दिर, नाट्यश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी उक्त टोली बडीमालिका प्रस्थान गर्ने प्रचलन चल्दै आएको छ । परापूर्वकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update