Hamro Patra
बंगलादेशकी प्रधानमन्त्रीले देश छोडिन 

एजेन्सी, साउन २१
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेकी छन । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बिबिसी, अल्जजिरा लगायतले स्‍थानीय मिडियालाई उदृत गर्दै हसिनाले राजीनामा दिएको समाचार लेखेका छन । 

हसिनाले ढाकास्थित प्रधानमन्त्री निवास ‘गणभवन’ बाट सेनाको हेलिकप्टर चढेर सुरक्षित स्थानमा गएको पनि विभिन्न समाचार संस्थाले लेखेका छन ।  उनी देश छाडेर हेलिकप्टरमा भारततर्फ उडेको दाबी भइरहेका छन । 

Khadga Memorial And Janajagriti

‘उनी र उनकी बहिनीले सुरक्षित ठाउँका लागि गणभवन छाडेका छन्,’ स्रोतले एएफपीसँग भन्यो, ‘उनले सम्बोधन गर्न चाहेकी थिइन । तर त्यसका लागि अवसर भने पाइनन ।’ 

सोमबार प्रदर्शनकारीहरू पनि प्रधानमन्त्री निवासमा छिरेको बंगलादेशको समाचार दैनिक प्रोथोम अलोलाई उदृत गर्दै अल्जजिराले समाचारमा लेखेको छ ।

बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन । उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन ।

बंगलादेशमा विभिन्न जिल्लामा जारी आन्दोलनमा आइतबारमात्रै कम्तिमा ९१ जना मारिएका छन । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update