Hamro Patra
माओवादीले मागे लेखा समितिको नेतृत्व 

काठमाण्डौं, साउन २१
प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह हुन् ।  

Khadga Memorial And Janajagriti

‘प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख विपक्षी दललाई दिने लोकतान्त्रिक पद्धतिलाई पालन गर्न–गराउन सम्माननीय सभामुखज्यू र सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’ पाण्डेले भने । 

सार्वजनिक लेखा समितिको संयोजक हाल सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल छन् । 

उनी यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि समितिको संयोजक थिए । तत्कालीन समयमा पनि एमाले सरकारमा सहभागी थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update