Hamro Patra
एमालेले ३ मन्त्री र २ राज्यमन्त्री पठाउने
Khadga Memorial And Janajagriti

धनगढी, साउन २१
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम नेकपा एमालेले टुङ्गो लगाएको छ । एमाले संसदीय दलको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रीमा वीर बहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका हिरा सार्कीलाई पठाउने निर्णय गरेको छ । यी तीनै जना मन्त्री यस अघिको सरकारमा पनि सहभागी भएका थिए ।

थोरै समय मन्त्री भएको तीनै जनालाई एमालेले फेरि अवसर दिएको हो । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउँदलाई पठाउने भएको छ । आजै मुख्यमन्त्री कमल बहादुर शाहले शपथ ग्रहण गर्ने र त्यस लगत्तै मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update