Hamro Patra
काँग्रेसले केन्द्रिय सदस्यलाई जिल्ला खटाउने 

काठमाण्डौं, साउन २१
नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई निश्चित समयका लागि जिल्ला खटाउने भएको छ । पार्टीले उनीहरुलाई संगठन सुदृढीकरणका लागि जिल्ला तोकेरै खटाउने भएको हो । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बलियो संगठन बनाउनेलगायत  विषयमा छलफल भएको छ ।

Khadga Memorial And Janajagriti

‘केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्लामा खटाउने विषयमा छलफल गरिएको छ । साउन २३ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा थप छलफल गरेर निर्णयमा पुग्छौं,’ प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा अधिकांश नेताहरूले संगठन सुदृढीकरण अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर कम्तिमा तीन÷चार महिनाको समय दिएर संगठन सुदृढीकरणका काम गर्नुपर्ने उनीहरूको भनाइ थियो । कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय सदस्य छन । 

साथै बैठकमा महासमितिको गत फागुन ७ देखि १० गतेसम्म चलेको बैठकका निर्णय सुझाव समेटेर केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्नेलगायतका विषयमा पनि कुराकानी भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update