Hamro Patra
काँग्रेसले टुंग्यायो मन्त्री र राज्यमन्त्री
Khadga Memorial And Janajagriti

धनगढी, साउन २१
नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । भरखरै सम्पन्न काँग्रेस संसदीय दलको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय गरेको छ । 

नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार बैठकले सामाजिक विकास मन्त्रीमा मेघराज खड्का र आर्थिक मामिला मन्त्रीमा बहादुर सिँह थापालाई अघि सार्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सामाजिक विकास राज्य मन्त्रीमा सरस्वती खड्का र आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बमलाई पठाउने निर्णय गरेको छ । 

नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री कमलबहादुर शाह नियुक्त भैसकेका छन । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update