Hamro Patra
दलहरु मन्त्री छान्न व्यस्त, लगभग सहमति नजिक 

धनगढी, साउन २१
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाह नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुको छनौटमा दलहरु व्यस्त छन । मन्त्री छनौटका लागि सत्तारुढ दल काँग्रेस, एमाले र नागरिक उन्मुक्तिको बैठक बसिरहेको छ । 

स्रोतका अनुसार दलहरुले मन्त्रीको टुंगो लगभग लगाईसकेका छन । काँग्रेसबाट मेघराज खड्का र बहादुरसिँह थापा मन्त्री बन्ने बताईएको छ । त्यस्तै एमालेबाट सुरेन्द्र पाल, बीरबहादुर थापा पाताल र सन्तोष शर्मा थापा मन्त्री बन्ने लगभग सहमति भएको बताईन्छ । 

Khadga Memorial And Janajagriti

त्यस्तै स्रोतका अनुसार नागरिक उन्मुक्तिले लक्ष्मण किशोर चौधरीलाई मन्त्रीका रुपमा अघि सार्ने भएको छ । राज्यमन्त्रीमा काँग्रेसबाट सरस्वती खड्का, गीता चौधरी र जुना धानीको चर्चा छ । उनीहरु मध्ये दुईजना राज्यमन्त्री बन्ने छन । 

एमालेबाट राज्यमन्त्रीमा निर्मला साउँदको नाम अघि सारिएको स्रोतले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update