Hamro Patra
टीकापुर महोत्सवको मिति स¥यो

टीकापुर, पुस २०
सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७६ को मिति सरेको छ । आयोजक टीकापुर उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरेर माघ १५ देखी २६ गतेसम्म आयोजना हुने जानकारी दिएको छ ।

यसअघि तय भएको माघ ९ देखी १९ गतेको मितिमा राष्ट्रिय सभाको निर्वाचनका कारण मुख्य अतिथि लगायतको समय अभावले मिति सार्नुपरेको संघका अध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिए ।

संघले महोत्सवको उद्घाटन समारोहको प्रमुख अतिथिका रुपमा नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईलाई बोलाउने तयारी गरेको छ ।

Khadga Memorial And Janajagriti

महोत्सवको यसवर्षको नारा ‘औद्योगिक, साँस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना ः सुदूरपश्चिमको परिकल्पना’ रहेको छ ।

पत्रकार सम्मेलनमा महोत्सव सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरिएको समेत जानकारी दिईयो । महोत्सव मूल समारोह समितिको संयोजकमा अध्यक्ष भण्डारी रहेका छन ।

त्यस्तै निवर्तमान अध्यक्ष परशुराम चपाँई मुख्य व्यवस्थापक, उपाध्यक्ष चक्रपाणी सापकोटा आर्थिक व्यवस्थापन, उपाध्यक्ष जगतराज चौधरी अतिथि सत्कार तथा भोजन व्यवस्थापन, महासचिव तपेन्द्र स्वाँर सचिवालय सदस्य सचिव, सचिव गणेशराज रेग्मी स्टल व्यवस्थापन र कोषाध्यक्ष कमल चौधरी टिकट तथा छपाई व्यवस्थापन उपसमितिको संयोजक चयन भएका छन ।

त्यसैगरी सदस्यहरु नवराज रिमाल रमाईलो मेला व्यवस्थापन, तपेन्द्र कुँवर साँस्कृतिक व्यवस्थापन, मानबहादुर ठकुल्ला नगर श्रृङ्गार तथा परिसर व्यवस्थापन, रामबहादुर साउँद ब्यानर व्यवस्थापन, टेकबहादुर सोडारी सुरक्षा व्यवस्थापन, जीवन गौचन झाँकी तथा पार्किङ व्यवस्थापन उपसमितिको संयोजक चयन भएका छन ।

त्यस्तै अन्य सदस्यहरु सन्तोष खड्का प्रचार प्रसार तथा यातायात व्यवस्थापन, हिक्मत रावल प्राथमिक उपचार, शीला सापकोटा महिला उद्यमी तथा कृषि प्रदर्शनी व्यवस्थापन, अमित टमट्टा सूचना तथा प्रविधि व्यवस्थापन र जीतबहादुर चौधरी खानेपानी तथा विद्युत व्यवस्थापन उपसमितिको संयोजक चयन भएका छन ।

पत्रकार सम्मेलनमा महोत्सवमा हरेक वर्ष झैं यसवर्ष पनि थारु गाउँ र मगर गाउँ निर्माण गरिने जानकारी दिईएको छ । संघले थारु र मगर समुदायको कला संस्कृति, खानपान, भेषभुषाको प्रवद्र्धन गर्ने उद्देश्यले हरेक महोत्सवमा थारु र मगर गाउँ निर्माण गर्ने गरेको छ ।

महोत्सवमा २५० स्टल रहने छन । जसमध्ये स्थानीय उद्यमीलाई २० वटा र कृषकलाई १५ वटा स्टल निशुल्क उपलब्ध गराईने संघले जानकारी दिएको छ ।

यसवर्ष समेत महोत्सव अवलोकनका लागि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला लगायतलाई निशुल्क प्रवेशको सुविधा रहेको जानकारी दिईएको छ ।

महोत्सवमा स्थानीय कला संस्कृतिको प्रवद्र्धनलाई सहयोग पुग्ने उद्देश्य सहित स्थानीय कलाकारको सहभागीतामा जोड दिईएको बताईएको छ । संघले विगत २०६५ सालदेखी निरन्तर महोत्सवको आयोजना गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा संघले रिक्त एक सदस्य पदमा बिरेन्द्र कुँवरलाई मनोनित गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update